Menu

Blog

Stay Safe!!

The world right now is going through a very bad time as there is corona virus outbreak all around which has affected a lot people and killed many.The history of corona dates way back to December 31 last year, when China alerted the WHO regarding several cases of unusual pneumonia in Wuhan, a city of 11 million people. The virus was unknown.

View Detail  

‘छुई’ हुँदा देउता रिसाउँदैनन्, ढुक्क हुनुस्

महिनावारी हुनु एउटी महिला स्वस्थ हुनुको परिचय हो । यो एउटा नियमित प्राकृतिक प्रक्रिया हो । एउटी महिला आमा हुन योग्य छिन् भन्ने प्रमाण हो । यस्तो नियमित प्रक्रिया कसरी अपवित्र हुन सक्छ ? यो कसरी छुन नहुने पापको विषय हुन सक्छ ? यो सबै मानिसमा वर्षौंदेखि जमेर बसेको अन्धविश्वास सिवाय केही होइन ।

View Detail  

चियाबारीमा कुहिरोसित लुकामारी

पश्चिम नेपालको सल्यानमा जन्मेकी मेरा लागि पूर्वी नेपाल रहस्यकै विषय थियो । किताबमा जानकी मन्दिर, इलामको चियाबारी, भारतको दार्जिलिङबारे पढेकी थिएँ, टेलिभिजनमा देखेकी पनि थिएँ । तर, आफैँ पुग्ने कल्पना भने गरेकी थिइनँ । यस वर्ष हाम्रो स्कुलले कक्षा १० मा पढ्ने हामीलाई जनकपुर, इलाम र दार्जिलिङ भ्रमणमा लाने सूचना दिएदेखि नै मैले भ्रमणमा सहभागी हुने अठोटसाथ परिवारबाट पनि अनुमति लिइसकेकी थिएँ ।

View Detail  

भुइँकुहिरोसित लुकामारी खेल्दै चिसोपानी हाइकिङ

काठमाडौँको धुवाँ, धुलो र कोलाहलबाट मुक्ति खोज्दै बिमस्टेकले जुराएको बिदामा एकाबिहानै झन्डै ५५ जना विद्यार्थी र १० जना शिक्षकको जम्बो टोलीमा मिसिएर लागियो, शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको संगमस्थल चिसोपानीतिर । १३२५ मिटर उचाइमा रहेको काठमाडौंको सुन्दरीजल बसपार्कमा स्कुल बस छाडेर बिहान ८ बजेतिर सुरु भयो हाम्रो बर्खे हाइकिङ ।

View Detail  

बुद्ध जन्मस्थलमा पुग्दा

केही अघि मैले बौद्ध धर्मावलम्बीहरुको पावन तीर्थस्थल तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको यात्रा गर्ने मौका पाएँ । दादा, दिदीसित त्यहाँ जान पाउँदा खुसीले मन त्यसैत्यसै उडिरहेको थियो । लुम्बिनी पुग्न झन्डै ८/९ घन्टाको लामो बस यात्रा गर्नुपर्दो रहेछ । बाटामा दायाँबायाँ देखिने बस्ती, नदीनाला र वन जंगलको रमणीय दृश्य देख्दा मन त्यसै रमायो ।

View Detail