Menu

गाई पालन केन्द्रको शैक्षिक भ्रमण


  24th January, 2017

गाई पालन केन्द्रको शैक्षिक भ्रमण

मोक्षदा स्कुलले आफ्ना विद्यार्थीलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले नियमित रूपमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानको शैक्षिक भ्रमण आयोजना गर्दै आएको छ । यस क्रममा यस वर्ष कक्षा ६, ७ र ८ का सम्पूर्ण छात्रछात्रालाई गोरखाको पालुङ्टारमा रहेको कामधेनु गाई पालन केन्द्रको शैक्षिक भ्रमण गराइयो । 
दुई सय ८२ गाई रहेको केन्द्र नेपालकै ठुलो र व्यवस्थित गाई पालन केन्द हो । सो केन्द्रले दैनिक ११ सयदेखि १२ सय लिटरसम्म दुध बिक्री गर्दै आएको छ । जबबाट केन्द्रले मासिट २०–२२ लाख आर्जन गर्दै आएको छ । केन्द्रले दुधबाहेक घाँस र गाई बिक्री गरेर पनि वार्षिक २५ लाखसम्म आम्दानी गर्दै आएको छ । विद्यार्थीले सो केन्द्रको शैक्षिक भ्रमणबाट नेपालमै बसेर पनि धेरै गर्न सकिने र महिनामा दुई चार लाख कमाउने बिदेसिनै नपर्ने ज्ञान सँगाल्ने मौका पाए । साथै, नेपालमा पनि गर्न चाहेको खण्डमा यहीँ धेरै अवसर रहेको पनि हाम्रा छात्रछात्राले अनुभव गरेका छन् ।