Menu

विश्व वातावरण दिवसमा वक्तृत्वकला


  6th June, 2017

विश्व वातावरण दिवसमा वक्तृत्वकला

विश्व वातावरण दिवसको अवसरमा ५ जुनमा मोक्षदा स्कुलले विद्यालय हाता र वरपरको टोल सरसफाइ कार्यक्रम आयोजना गर्यो । सो अवसरमा कक्षा ४ देखि १० सम्मका छात्रछात्रा तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । सो अवसरमा शिक्षक–शिक्षिका तथा विद्यार्थीको समूहले सडक किनारको झार उखेल्ने तथा फोहोरमैला सङ्कलन गर्ने लगायतका कार्य गरेको थियो । 
विश्व वातावरणकै अवसर पारेर मोक्षदा स्कुलले सरसफाइ कार्यक्रमपछि वातावरण संरक्षणप्रति बालबालिकामा चेतना जगाउने उद्देश्यले ‘वातावरण संरक्षण ः हाम्रो संरक्षण’ शीर्षकमा एक वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्यो । कक्षा ६, ७ र ८ का छात्रछात्राबिचको एक समूह तथा कक्षा ९ र १० का छात्रछात्राको अर्को समूहबिच सञ्चालित सो प्रतियोगितामा २० भन्दा बढी छात्रछात्राको सहभागिता रहेको थियो । 
कक्षा ६, ७ र ८ का छात्रछात्राको समूहबाट कक्षा ८ की रविना पन्त, कक्षा ८ की यूथिका खनाल, सोही कक्षाका शिवकुमार यादव र कक्षा ७ का विपिन ढकाल क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल हुनुभएको थियो । 
त्यसैगरी कक्षा ९ र १० का छात्रछात्राको समूहबाट रिजा गौतम, सुदीप बस्नेत, गोपाल श्रेष्ठ र आयुष सापकोटाले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्नुभएको थियो ।
सो अवसरमा लेखनाथ दाहाल, अनिल पौडेल, सविना श्रेष्ठलगायतका शिक्षक, शिक्षिकाले वातावरण दिवसको महत्त्व र वातावरण संरक्षणको आवश्यकतामाथि आआफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।