Menu

मोक्षदा स्कुलमा अन्तरस्कुल हाजिरीजवाफ


  9th June, 2017

मोक्षदा स्कुलमा अन्तरस्कुल हाजिरीजवाफ

मोक्षदा स्कुलले २६ जेठमा प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा १०औँ पिइएफ अन्तर स्कुल हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्यो । पिइएफअन्तर्गतका १० स्कुलको सहभागिता रहेको सो प्रतियोगिता दुई चरणमा सञ्चालन गरी सञ्चालन भएको थियो । दुवै चरणबाट प्रथम र द्वितीय हुने चार स्कुलहरूबिच फाइनल प्रतियोगिता आयोजना गरिएको थियो । 
प्रतियोगितामा दुर्गा भवानी एकेडेमी, अनमोल ज्योति स्कुल, न्यु इङ्लिस स्कुल र मिसन पब्लिक स्कुल क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । 
पिइएफका अध्यक्ष विष्णुप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पोखरेल र विभिन्न विद्यालयका प्रिन्सिपलहरूले विजयी छात्रछात्रा र स्कुलहरूलाई रनिङ सिल्ड, सिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि पोखरेल, पिइएफका सचिव लम्बोदर घिमिरे तथा मोक्षदा स्कुलका एकेडेमिक डाइरेक्टर हरिशरण खनालले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । प्रतियोगितामा हरिशरण खनाल र अनिल पौडेलले क्विज मास्टरको भूमिका निर्वाह गर्नुभएको थियो ।