Menu

छन्द कविता वाचनमा मोक्षदा स्कुल प्रथम


  8th July, 2017

छन्द कविता वाचनमा मोक्षदा स्कुल प्रथम

नेपाली भाषा, साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्म जयन्तीको अवसरमा प्रोग्रेसिभ एजुकेसनल फोरमका तर्फबाट न्यु सनसाइन इङ्लिस स्कुलद्वारा आयोजित अन्तर–स्कुल छन्द कविता वाचन प्रतियोगितामा मोक्षदा स्कुल प्रथम भएको छ । यस प्रतियोगितामा यस स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा आकृति भुजेल र सोही कक्षाका छात्र विपिन ढकाल सहभागी हुनुभएको थियो । १० स्कुलका २० जना छात्रछात्रा सहभागी भएको सो प्रतियोगितामा मोक्षदा स्कुलकी छात्रा आकृति भुजेल प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो । 

प्रतियोगितामा ज्ञानदीप शिक्षा सदनकी छात्रा स्नेहा मगर, लभ्ली एन्जल्स स्कुलका प्रभात सेढाईं र न्यु इङ्लिस स्कुलका साजन कार्की क्रमशः द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । 

सो प्रतियोगिता वरिष्ठ इतिहासविद् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कवि तथा गजलकारद्वय प्रभाती किरण र बलराम दाहालले निर्णायकको भूमिका निर्वाह गरेको सो कार्यक्रममा कवि दाहालले कविता वाचन गर्नुभएको थियो भने प्रभाती किरणले नतिजा सुनाउनुभएको थियो । सो अवसरमा आयोजक विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद पोख्रेलले कार्यक्रमबारे आफ्नो धारणा राख्नुभएको थियो ।