Menu

अन्तरस्कुल नृत्यमा मोक्षदा तृतीय


  25th July, 2018

अन्तरस्कुल नृत्यमा मोक्षदा तृतीय

नृत्यमा मोक्षदा तृतीय

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) स्थापनाको ११औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय नाचघर, जमलमा आयोजित अन्तरस्कुल सांस्कृतिक नृत्य प्रतियोगितामा मोक्षदा स्कुलले तृतीय स्थान प्राप्त गरेको छ । 
झ्याउरे गीतमा आफ्नो नाच प्रस्तुत गरेको मोक्षदाको प्रस्तुतिलाई उपस्थित दर्शकले अत्यधिक रुचाएका थिए । सो नृत्यमा खुसी हमाल (कक्षा : ७), अनुस्मा माझी (कक्षा : ८), सुकीर्ति पराजुली (कक्षा : ८), सुवेक्षा भण्डारी (कक्षा : ८), यूथिका खनाल (कक्षा : ९), निशा तामाङ (कक्षा : ९), प्रतीक भुजेल (कक्षा : ७), अनिश कार्की (कक्षा : ९), सुदर्शन मोक्तान (कक्षा : ९), अमृत कुँवर (कक्षा : ९), भूपाल श्रेष्ठ (कक्षा : १०) र सङ्ग्राम क्षेत्री (कक्षा : १०) को सहभागिता रहेको थियो । सो नृत्यको कोरियोग्राफी कृष्ण राईले गर्नुभएको थियो । 

राष्ट्रिय गीत प्रतियोगितामा सहभागिता 
सो अवसरमा पिइएफले राष्ट्रिय गीत गायन प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगितामा मोक्षदा स्कुलका तर्फबाट प्रज्ञा पौडेल (कक्षा ५), तारा लामा (कक्षा ७), दीपिका काफ्ले (कक्षा ८) र स्नेहा दास (कक्षा १०) को सहभागिता रहेको थियो । सो गायनमा भेषु थापा मगरको प्रशिक्षण रहेको थियो । 

एसइई उत्तीर्ण सम्मानित
पिइएफले २०७४ सालको एसइई परीक्षामा सहभागी भएका छात्रछात्रा र पिइएफअन्तर्गतका विद्यालयबाट प्रथम स्थान हासिल गर्न सफल छात्रछात्राका अभिभावकलाई समेत विशेष सम्मान गरेको थियो । 
सो अवसरमा ०७४ को एसइईमा पिइएफअन्तर्गतका विद्यालयमा प्रथम स्थान हासिल गर्न सफल मोक्षदा स्कुलकी छात्रा सङ्गीता रोका र अन्य छात्रछात्रा विशेष सम्मानित भएका थिए । यसका साथै, कार्यक्रममा मोक्षदा स्कुलमा दीर्घसेवा पु¥याउने शिक्षिका सरस्वती कर्माचार्य र सिस्टर गीता केसीका साथमा कक्षा १० मा विभिन्न विषय अध्यापन गर्ने शिक्षक, शिक्षिका पनि सम्मानित भएका थिए ।