Menu

News

एलकेजी र युकेजीको शैक्षिक भ्रमण

बालबालिकालाई स्थानीय समाजबारे जानकारी दिने उद्देश्यले मोक्षदा स्कुलमा कक्षा एलकेजी र युकेजीमा अध्ययनरत बालबालिकालाई यस वर्ष एयरपोर्टनजिकै रहेको स्थानीय बस्तीको भ्रमण गराइयो । भ्रमणका क्रममा बालबालिकाले गाईपालन, बाख्रापालन तथा कुखुरा तथा हाँसपालनबारे जानकारी लिने अवसर पाए ।

View Detail  

वालदिवसमा कचहरी नाटक

कुमारीगालको खरिबोट चोकमा बिहिबार अपराह्न अलि फरक दृश्य देखिन्थ्यो । नजिकै टाँगिएको थियो ‘बाल दिवस एवं शिक्षा दिवसको अवसरमा जनकल्याण युवा संघसँग सहकार्य गर्दै मञ्जरी थिएटर, मोक्षदा स्कुल सगौरव प्रस्तुत गर्दछ, कचहरी नाटक’ लेखिएको ब्यानर । ब्यानरबाटै त्यहाँ कचहरी नाटक मञ्चन हुँदै रहेछ भन्ने बुझ्न सकिन्थ्यो ।

View Detail  

छन्द कविता वाचनमा मोक्षदा द्वितीय

१५३ औँ मोती जयन्तीको अवसरमा काठमाडौँको कान्जिरोवा नेसनल स्कुलद्वारा आयोजित छन्द कविता वाचन प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा तारा लामाले द्वितीय स्थान हात पारिन् ।

View Detail  

मोक्षदामा गुन्जियो गजल

१५३औँ मोती जयन्तीको अवसरमा मोक्षदा स्कुलले तेस्रो अन्तरस्कुल मोतीस्मृति गजल वाचन प्रतियोगिता आयोजना ग¥यो । काठमाडौँ उपत्यकाभित्रका २१ स्कुलका छात्रछात्राको सहभागिता रहेको सो प्रतियोगितामा सहभागीले विभिन्न गजलकारद्वारा लिखित गजल वाचन गरेका थिए ।

View Detail  

अन्तरस्कुल नृत्यमा मोक्षदा तृतीय

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) स्थापनाको ११औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय नाचघर, जमलमा आयोजित अन्तरस्कुल सांस्कृतिक नृत्य प्रतियोगितामा मोक्षदा स्कुलले तृतीय स्थान प्राप्त गरेको छ ।

View Detail