Menu

विद्यार्थीलाई सुझाब


  4th March, 2015

हरिशरण खनाल

विद्यार्थीलाई सुझाब

एसएलसी परीक्षाको तयारीमा जुटिरहनुभएका विद्यार्थी भाइबहिनीहरु † तपाईंहरुले विगत १२–१३ वर्षदेखि साँचिराखेको सपना साकार हुन अब केही कदममात्र बाँकी छन् । तपाईंहरु रातदिन केही नभनी परीक्षाको तयारीमा व्यस्त हुनुहुन्छ । यतिखेर तपाईंहरुमा चौतर्फी दबाब छ । एकातिर ‘फलामे ढोका’ को हाउगुजीले तपाईंहरुलाई नराम्ररी तर्साइरहेको छ भने अर्कातिर अभिभावकका प्रत्यक्ष्ँ÷अप्रत्यक्ष दबाब पनि तपार्इंहरुले झेल्नुपरिरहेको छ । अभिभावकका सपना पूरा गर्न पनि तपाईंहरुलाई सबैतिरबाट थेगिनसक्नु दबाब आइरहेको होला । विद्यालयका गुरुहरु र विद्यालय प्रशासनको दबाबको त सीमै नहोला । तपाईंहरुलाई एकातिर आफ्नो भविष्यको पनि चिन्ता छ भने अर्कातिर सबैका असीमित इच्छा र चाहना पूर्ति गर्न रातदिन खाई नखाई, सुती नसुती पढिदिनु पनि परेको छ । यस्तोमा सबैभन्दा बढी कोही पीडित छ भने त्यो तपाईंहरु नै हुनुहुन्छ । त्यसैले चिन्तारहित ढंगबाट आफूले वर्षौंदेखि सिकेका कुराहरु लेख्न र परीक्षामा राम्रो नतिजा ल्याउन निम्न बुँदामा विशेष ध्यान दिनु उपयुक्त छ । – सबैभन्दा पहिले तपाईंहरु आफ्ना लागि आफ्नै ढंगमा रमाइलो मानेर पढ्नुहोस् । अरुका लागि पढ्नुभयो भने त्यो केवल बोझ हुनेछ तपाईंका लागि । – पर्याप्त सुत्नुहोस् । ठीक समयमा सुत्ने र ठीक समयमा उठ्ने कुरामा पनि ध्यान दिनुहोस् । निद्रा मारेर पढ्दैमा परीक्षामा राम्रो लेख्न सकिन्न । – खानपानमा विशेष ध्यान दिनुहोस् । स्वास्थ्य राम्रो भए मात्र राम्ररी पढ्न सकिन्छ र परीक्षामा पनि राम्ररी लेख्न सकिन्छ । घरदेखि बाहिरको तयारी खानेकुरा खाँदै नखानुहोस् । – कुनै पनि विषयलाई सकारात्मक रुपमा ग्रहण गर्नुहोस्, तनावमा आउने काम नगर्नुहोस् ।