Menu

रात


  23rd March, 2015

प्रकृति भुजेल, कक्षा : ९

रात

अँधेरीको अँधेरसँगै
ताराहरूको चमकसँगै
बिताइरहेछु यो रात
नयाँ नयाँ सपनासँगै ।।

 

फेरिँदै छन् सपनाहरू
आँधीबेरी, हुरीसँगै
उडाई लाने हो कि कतै
मेरो सपना धुरीसँगै ।।

डर लाग्छ मनभित्र
भय, त्रास, चिन्तासँगै
बिताइरहेकी छु यो रात
नयाँ नयाँ सपनासँगै ।।

फेरिँदै छन् सपनाहरू
नयाँ नयाँ प्रहरसँगै
कहिले पानी कहिले घाम
रमाउँदै लहरसँगै ।।

बित्न लाग्यो रात अब
मिठा मिठा सपनासँगै
बिहान सायद उठ्छु होला
मन्द मन्द मुस्कानसँगै ।।

अनुभव गरेँ धेरै कुरा
नयाँ नयाँ मोडसँगै
बित्यो मेरो यो रात पनि
नयाँ नयाँ सपनासँगै ।।