Menu

विद्यालय दोस्रो घर


विद्यालय दोस्रो घर

विगत तिन वर्षदेखि हिजोको सनलाइट र आजको मोक्षदा स्कुलको व्यवस्थापन हाम्रो समूहले सम्हाल्दै आएका छौँ । आगामी दिनमा १०+२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्यसाथ हामी अघि बढेका छौँ । त्यसैले विगतमा हामीले व्यवस्थापन जिम्मा लिँदा स्कुलको अवस्था जस्तो थियो, त्यसलाई देख्ने जो कोहीले सजिलै परिवर्तनका सङ्केत, सुधारका लक्षणहरू देखेकै हुनुपर्छ । आगामी दिनमा यसलाई अझ बाहिरैबाट सजिलै अनुभूत गर्न सक्नेगरी हामी प्रस्ट लक्ष्यसाथ अघि बढ्ने छौँ । कम शुल्कमा गुणस्तरीय शिक्षा दिने, नाफामा भन्दा सेवामा विश्वास गर्ने शैक्षिक संस्था हो, मोक्षदा स्कुल । बाल बालिकाले स्कुललाई आफ्नो दोस्रो घर ठान्न सकून् भन्ने उद्देश्यले हामीले विद्यालयमा घरेलु वातावरण सिर्जना गर्ने प्रयास गरेका छौँ । स्कुल अनुशासनका नाममा बाल बालिकामाथि डन्डा बर्साउने यातना गृह होइन, विद्याभ्यास गर्ने सरस्वतीको पावन मन्दिर बनाउने प्रयास गरेका छौँ ।