Menu

मोक्षदा स्कुल गीत


  5th March, 2015

 

मोक्षदा मोक्षदा हाम्रो प्यारो मोक्षदा
हामीलाई ज्ञान दिने हाम्रो प्यारो मोक्षदा ।

झुल्के घामसँगै आयौँ हामी मोक्षदामा
ज्ञानामृत पिउँछौँ हामी प्यारो मोक्षदामा ।
जीवन जिउन सिकाउने हाम्रो मोक्षदा यो
अज्ञानलाई भगाउने हाम्रै मोक्षदा हो ।।

सबै जाति, सबै धर्म, सबै भाषाभाषी
हातेमालो गर्दै पढ्छौँ सँगै हाँसी हाँसी ।
मोक्षदामा फुल्छ ज्ञान त्यही फुल टिपी
देशलाई लगाइदिन्छौँ सुन्दर माला गाँसी ।।

— हरिशरण खनाल