Menu

विद्यार्थीलाई ट्राफिक कक्षा


  18th May, 2018

विद्यार्थीलाई ट्राफिक कक्षा

मोक्षदा स्कुलले वैशाख महिनादेखि सुरु गरेको ‘ज्ञानीसित हाम्रा नानी’ को दोस्रो शृङ्खला (४ जेठ, २०७५) मा कक्षा ६ देखि १० सम्मका छात्रछात्रालाई ट्राफिक जनचेतनासम्बन्धी विशेष कक्षाको आयोजना गरेको थियो । सो कक्षामा ट्राफिक प्रहरी महाशाखा, रामशाह पथका प्रहरी निरीक्षक रुद्र शाहीले विशेष कक्षा सञ्चालन गरेका थिए । 
सो कक्षामा विद्यार्थीले ट्राफिक जनचेतनासम्बन्धी विभिन्न जानकारी पाएका थिए । उनीहरुलाई सडक सुरक्षासम्बन्धी जानकारी दिँदै प्रहरी निरीक्षक शाहीले सवारी दुर्घटनाका कारण, यसका परिणाम, न्यूनीकरणलगायत विषयमा विशेष सामग्रीको प्रस्तुतिसहित जानकारीमूलक रमाइलो कक्षा सञ्चालन गरेका थिए ।