Menu

शैक्षिक सत्र २०८३ को छात्रवृत्तिसम्बन्धी सूचना


    25th May, 2026

मिति : २०८३/०२/११

यस विद्यालयमा अध्ययनरत गरिब, जेहेनदार, दलित, जनजाति, मुस्लिम, मधेसी, अल्पसंख्यक वर्गका छात्रछात्राका लागि विद्यालयले प्रदान गर्ने शैक्षिक सत्र २०८३ को छात्रवृत्तिका लागि आवश्यक कागजातका साथ यही जेठ १८ गते सोमवारभित्र आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ । 

थप जानकारीका लागि विद्यालयमा सम्पर्क राख्न सक्नुहुने छ ।

आवश्यक कागजातहरूः
१. अभिभावकको नागरिकताको फोटोकपी १ (बुबा–आमा दुवैको)
२. पेसा, व्यवसाय वा नोकरीमा संलग्नता खुल्ने कागजात १
३. वार्षिक परीक्षाको लब्धाङ्क पत्रको फोटोकपी १
४. आफूले कारोबार गरिरहेको बैंक तथा वित्तीय संस्थाको पछिल्लो १ वर्षको स्टेटमेन्ट
५. विद्यालय रहेको क्षेत्रको स्थानीय तहको सिफारिस पत्र
६. दलित, अल्पसङ्ख्यक, विपन्नलगायत छात्रवृत्तिका लागि नेपाल सरकारद्वारा जारी गरिएको कुनै प्रमाणपत्र भएमा १


प्रिन्सिपल