Menu

मोक्षदालाई निबन्ध, कविता र वक्तृत्वकलामा सफलता


  31st May, 2018

मोक्षदालाई निबन्ध, कविता र वक्तृत्वकलामा सफलता

मोक्षदा स्कुलले यस वर्षको सुरुआतमै अतिरिक्त क्रियाकलापतर्फ गतिलो सुरुआत गरेको छ । यस वर्षको विश्व धूम्रपानरहित दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित उपत्यकाव्यापी निबन्ध, कविता र वक्तृत्वकला प्रतियोगितामा मोक्षदा स्कुलले सफलता प्राप्त गरेको हो ।


यस वर्षको विश्व धूम्रपानरहित दिवसको नारा ‘सुर्तीजन्य पदार्थ र मुटुसम्बन्धी रोग’ लाई विभिन्न प्रतियोगिताको मुख्य विषयवस्तु बनाइएको थियो । सो अवसरमा आयोजित उपत्यकाव्यापी निबन्ध लेखन प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा रिजा गौतम द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभयो भने सोही अवसरमा आयोजित उपत्यकाव्यापी कविता प्रतियोगितामा कक्षा ९ की छात्रा रविना पन्तले तृतीय स्थान हासिल गर्नुभयो । यसैगरी उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ कै छात्रा यूथिका खनालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो भने चित्रकला प्रतियोगितातर्फ कक्षा ८ का मनोज श्रेष्ठ र कक्षा ७ की उपहार लिम्बूले सहभागिता जनाउनुभयो । 
काठमाडौं उपत्यकाभित्रका विभिन्न स्कुलहरुले आयोजना गर्ने विभिन्न अन्तर स्कुल प्रतियोगितामा सहभागिता जनाउँदै सफलतासमेत प्राप्त गर्र्दै आएको मोक्षदा स्कुलको यस वर्ष (२०७५) को यो नै पहिलो सहभागिता र सफलता दुवै हो ।