Menu

नयाँ वर्ष


  3rd April, 2015

यशोदा चौलागाईँ, कक्षा : ९

नयाँ वर्ष


हौसला र उमङ्गसाथ नयाँ वर्ष आयो
सबैको मुहारमा फेरि मुस्कान ल्यायो ।
दाजुभाइको बिचमा फेरि मित्रता बसायो
खुसी र उमङ्गसाथ नयाँ वर्ष आयो । ।

हाँसी, खेली सबैजना नयाँ वर्ष मनाउँछन्
रमाइलो गरी सबै सँगै घुम्न जान्छन् ।
मिठो खान्छन्, राम्रो लाउँछन् सबै रमाउँछन्
एक अर्कालाई नयाँ वर्षको शुभकामना दिन्छन् ।।

दुश्मन नै भए पनि मिली बस्ने गर्छन्
हाँसी खेली सधैँ नयाँ जीवन जिउँछन् ।
एक अर्कामा सबै जना दुःख सुख साट्छन्
रमाइलो गरी नयाँ वर्ष मनाउँछन् ।।

गरिब नै भए पनि नयाँ वर्ष बनाउँछन्
दुःखी नै भए पनि सुख साँची बाँच्छन् ।
दुजुभाइको बिचमा फेरि मित्रता बसायो
खुसी र उमङ्गसाथ नयाँ वर्ष आयो ।।

यशोदा चौलागाईँ, कक्षा : ९