Menu

बन्छु अब


  3rd April, 2015

ममता थापा, कक्षा : ९

बन्छु अब

 

रातमा शीतल दिने जुन बन्छु अब
वसन्तमा सधैँ फुल्ने फुल बन्छु अब ।

नदीझैँ जहिल्यै भाग्दा भाग्दा थाकिसकेँ
हर प्रहर शान्ति सागर म त बन्छु अब ।

मनलाई आघात दिने सबै कुरा छाडी
सङ्गीतको मधुर धुन म त बन्छु अब ।

किन सधैँ एकान्तमा आँसु झार्नु मैले ?
सबको मुहारभरि नाच्ने मुस्कान बन्छु अब ।

आजसम्म केवल साँझमै हराएछु म त
सुनौलो दिन ल्याउने बिहान म त बन्छु अब ।।

ममता थापा, कक्षा : ९