Menu

ढुकढुकी चलिरहेछ


ढुकढुकी चलिरहेछ

हत्या, हिंसा युद्ध र त्रासमा संसार जलिरहेछ
शान्ति यस मन्दिरमा चिता बलिरहेछ ।

बम, बारुद, अशान्ति र रगतमा डुब्दा
मुटु चिरिने भो मेरो साहस ढलिरहेछ ।

ज्ञानको ज्याति छर्दै भय, त्रास हटाउने
डग्मगाउँदै किन किन विश्व गलिरहेछ ।

कलम चलाई यो देशमा शान्ति ल्याउने आशमा
अघि बढ्न विकास गर्न ढुकढुकी चलिरहेछ ।।

सृजा गौतम, कक्षा : ९