Menu

अब तोड्दिनँ भो


  21st July, 2015

सृजा गौतम कक्षा : १०

अब तोड्दिनँ भो

टुटिसक्यो चिनो त्यस तस्बिरको अब जोड्दिनँ भो,
धेरै गरेँ मलजल मायालाई, अब गोड्दिनँ भो ।।

कैयौँ पटक मोडेँ जीवन पथ तिम्रै लागि भनी
नदीसरी बग्छु अविरल, अब मोड्दिनँ भो ।।

तिम्रै न्यानो अङ्गालोमा रम्न, छाडेँ आफन्तको साथ
झुक्केर नि तिनलाई फेरि, अब छोड्दिनँ भो ।।

तिम्रै  माया बाचाइराख्न तोडेँ केके केके मैले
डग्मगाए मेरा विश्वास, अब तोड्दिनँ भो ।।