Menu

जिन्दगी


  21st July, 2015

यशोदा चौलागाईं कक्षा : १०

जिन्दगी

मायाको सागर हो भन्थ्यौ जिन्दगी
सिरसिर चल्ने हावा पो रहेछ
रमाइलो पल हो भन्थ्यौ जिन्दगी
सङ्घर्षको मैदान पो रहेछ ।।

जीवनको हिरा हो भन्थ्यौ जिन्दगी
कोइला खानीको अङ्गार पो रहेछ
खुसीको वर्षा हो भन्थ्यौ जिन्दगी
मुसलधारे वर्षा पो रहेछ ।।

मित्रताको मैदान हो भन्थ्यौ जिन्दगी
दुश्मनीको बगैँचा पो रहेछ
अनमोल मोती हो भन्थ्यौ जिन्दगी
कर्कलाको पानी पो रहेछ ।।

सुखै सुखको भण्डार हो भन्थ्यौ जिन्दगी
दुःखै दुःखको अथाह भण्डार पो रहेछ
खुसी र अनन्दको सङ्गम हो भन्थ्यौ जिन्दगी
कठिनाइ नै कठिनाइको सागर पो रहेछ ।।