Menu

मोक्षदाको नामै प्यारो


  21st July, 2015

पुरुषोत्तम खतिवडा कक्षा : १०

मोक्षदाको नामै प्यारो

 

पढाइलाई देव मान्छु
लेखाइलाई सरस्वती
यो देशमा फल्छु फुल्छु
मोक्षदाको फैलाई ख्याति ।।

मोक्षदाको नामै प्यारो
यही मुटुको धड्कनसरी
नेपालको विकास गर्छु
स्वदेशमै कर्म गरी ।।

एबिसिडी आज पढ्छु
गणित, विज्ञान भोलि
कलम रहोस् मेरो हातमा
चाहिँदैन राइफल गोली ।।