Menu

हे भूकम्प अङ्कल


  21st July, 2015

बलराम साह कक्षा : १०

हे भूकम्प अङ्कल

 

दुई हजार बहत्तर साल
वैशाख १२ गते शनिबार
एघार बजेर छपन्न मिनेट जाँदा
हल्लियो मेरो देशको शिर
थर्किए देशका सबै वीर ।।

सबै थिए घरघरमा
थियो शनिरबाको रौनक
कोही खाँदै थिए खाना
कोही गरिब चाहिँ खोज्दै अन्न दाना ।।

एक्कासि हल्लायो थ्रिडी हलभित्र झैँ
तर्सन थाले सबै जनता थुरथुर गर्दै
अब के गर्नु यो सब कुरा हजुर
धन्न जोगियो पशुपतिनाथको गजुर ।।

सबै पीडा भुली
लाग्न थाल्नुप¥यो अब निर्माणमा
हे भूकम्प अङ्कल फेरि किन आउनुभयो ?
२९ गते दिउँसैमा ?

फेरि आयो दुःखको घडी मेरो देशमा
मदत गर्न आए विदेशी अनौठो भेषमा
दिनुपर्छ दाजुभाइलाई हामी आफैँले साथ
सहयोग गर्नुपर्छ हामीले नफैलाई अरूसामु हात ।