Menu

मेरो देश नेपाल


  8th August, 2015

इच्छा चन्द कक्षा : ६

मेरो देश नेपाल



आहा ! क्या राम्रो मेरो देश नेपाल
छरिएर रहेका तराई, पहाड अनि हिमाल ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण छ यहाँ
पर्यटकहरू घुम्न आउँछन् रमाई रमाई जहाँ ।।

चार वर्ण छत्तिस जातले भरिपूर्ण छ मेरो देश
जसका छन् आफ्नै अनेक भाषा, अनेक भेष ।
विश्वकै सर्वोच्च भनी चिनिने सगरमाथा
यसैले नै बढाएको छ हाम्रा गौरव गाथा ।।

भगवान् बुद्धको जन्म भएको देश
पवित्र भूमिका रुपमा चिनिने मेरो देश ।
यसैबाट चिनिन्छौँ है यो विश्वमा हामी
वीर गोर्खाली जन्मेको यो पवित्र भूमि भनी ।

त्यसैले म गर्व गर्छु मेरै देश भनी
बनाउनु छ मेरो देश अझै राम्रो भनी ।।