Menu

कता गई साथी ?


  16th August, 2015

आकृति खड्का/मुस्कान खान कक्षा : ५

कता गई साथी ?

आज रात धेरै भयो कता गई साथी
माथि गई कि हावा खान यति राति राति
मेरी साथी मोटी मोटी खान्छे धेरै रोटी
गालामा छ कालो कोठी धेरै नै छे छोटी ।।

ऊसँग छ एउटा नानी सानी सानी धेरै
ऊ त सुत्छे धेरै धेरै अनि रुन्छे थोरै
आकाशमा झिलिमिली तारा हेर साथी
हाम्री ममी भन्नुहुन्छ नजाऊ बाहिर राति ।।

हामी सबै मिल्नुपर्छ एकजुट भई साथी
सबै साथी बन्नुपर्छ कमिलाको ताँती
सबैभन्दा ठुला भन्छन् सबले साथीभाइ
सबैभन्दा मन पर्छ साथीहरू मलाई ।।