Menu

यो जीवन


  20th September, 2015

सुस्मिता थापा कक्षा : १०

यो जीवन

 

गलेर मर्दथ्यो
हारेर हाँस्दथ्यो
अविरल सङ्घर्षमा
आसुँसँग रुझ्दथ्यो ।।


अभ्यास अभ्यासमा झुल्दथ्यो
अनुभवमा हाँस्दथ्यो 
तथापि सङ्घर्षमा जुट्दथ्यो
एकोहोरिएको यो मानिसलाई के थाहा
यो जीवन मरेर पनि बाँच्दथ्यो ।