Menu

अनि गजलकार भएँ


  20th September, 2015

सृजा गौतम, कक्षा : १०

अनि गजलकार भएँ


दुःख पीडा असह्य त्यो सहँदा सहँदै लाचार भएँ
पोख्दापोख्दै मनको आँसु अनि गजलकार भएँ ।

मन जल्यो, मुटु जल्यो, सायद ढुकढुकी नि जल्यो
जल्दाजल्दै खरानी भई हावामै धुवाँदार भएँ ।

स्वतन्त्र त्यस चरीसरि माथि माथि उड्न खोजेँ
उड्दाउड्दै आकाशमा फेरि भुइँमै बजार भएँ ।

बग्दै गए आँसु मेरा बन्दै गए अपार नदी
तर्दातर्दै नदी अनि म त बिचकै दिवार भएँ ।।