Menu

मरेको मान्छे म त


  22nd February, 2016

यशोदा चौलागाईं, कक्षा : १०

मरेको मान्छे म त

दुनियाँको नजरमा दोषी ठहरिएको मान्छे म त
गल्तीविनै कयौँ वचन खाने गरेको मान्छे म त ।

सबैलाई राम्रो गर्दा पनि सधैँ हेला पाउने गर्छु
सच्चा मानिस चिन्न नसकेर अन्योलमा परेको मान्छे म त ।

महसुस गर्छु एक्लोपनको समाजमै बसे पनि
तड्पीतड्पी जिउँदै भए नि मरेको मान्छे म त ।

प्रकृतिको काखबाहेक कोही छैनन् आफ्ना अनि
टाढिँदै आफ्नैबाट बस्ती सरेको मान्छे म त ।।