Menu

साथी


  22nd February, 2016

प्रकृति भुजेल, कक्षा : १०

साथी

अर्ध जुनको चमकसँगै मिठो मिठो गीतसँगै
याद आउँछौ तिमी प्रिय पुराना ती यादसँगै ।
शीतल शीतल पवनसँगै कोमल कोमल फुलसँगै
स्पर्श दिई जान्छौ प्रिय मिठो मिठो बास्नासँगै ।।

नसा नसा रगतसँगै धड्कनको तालसँगै
प्रवेश गर्छौ तिमी प्रिय मैले फेर्ने साससँगै ।
गीतहरूको सुरसँगै बाँसुरीको धुनसँगै
गुन्जिरहन्छौ तिमी प्रिय सुरिलो त्यो ध्वनिसँगै ।।

कलकल बग्ने पानीसँगै झरझर झर्ने झरनासँगै
मुस्कुराउँछौ प्रिय तिमी तपतप चुहिने शीतसँगै ।
मिठो मिठो बास्नासँगै तेजिलो त्यो किरणसँगै
आई चुमिदिन्छौ प्रिय मैले गर्ने शृङ्गारसँगै ।।

इन्द्रेनीको रङ्गसँगै बादलुको भुवासँगै
माथिबाटै हेर्छौ तिमी चराहरूको बथानसँगै ।
चर्को घामको तापसँगै शीतल दिनको छायासँगै
साथ दिन्छौ तिमी प्रिय मेरो सुख दुःखसँगै ।।