Menu

धुनलाई सहयात्री मानेँ


  22nd February, 2016

सृजा गौतम, कक्षा : १०

धुनलाई सहयात्री मानेँ

मन रोएको आवाज ढाक्न धुनलाई सहयात्री मानेँ
अँध्यारो रातको डर बिर्सन जुनलाई सहयात्री मानेँ ।

कति ठाउँमा एक्लिएँ म साध्यै छैन गनेर त
एक्लिएको अनुभव बिर्सन ककसलाई सहयात्री मानेँ ।

कतै थिएनन् मिठास मेरा न त कुनै स्वाद नै थियो
अलिनो जिन्दगीको पल बिर्सन नुनलाई सहयात्री मानेँ ।

आगो दन्की भतभती मनमा अनि पोल्दाखेरि
शीतलता मनमा दिन खुनलाई सहयात्री मानेँ ।