Menu

चन्द्र छुन्छ जीवन


  11th March, 2015

वासु नेपाल कक्षा १०

चन्द्र छुन्छ जीवन

 

चन्द्र छुन्छ जीवन

चिन्न सके सही मित्र धन्य हुन्छ जीवन
हाँसी हाँसी आरामले चन्द्र छुन्छ जीवन ।

एकता र विश्वास आफैँभित्र नहुनाले
शङ्का अनि षड्यन्त्रको जाल बुन्छ जीवन ।

विश्वास गर्ने मान्छेले नै धोका दिएपछि
एकान्तमा धुरुधुरु सधैँ रुन्छ जीवन ।

तिमीजस्ती जीवनसाथी पाएदेखि मैले
गन्तव्यमा पु¥याउने बाटो चुन्छ जीवन ।

साथीसँग एकता र विश्वास भएदेखि
जस्तै बाढी आए पनि सिधै थुन्छ जीवन ।।

वासु नेपाल, कक्षा १०