Menu

तिमी अझै मौन छौ


  22nd February, 2016

सृजा गौतम, कक्षा : १०

तिमी अझै मौन छौ

तिमी अझै मौन छौ
हो तिम्रो यै मौनताले
तड्पाएको छ हरपल हरक्षण
म तिम्रै यादमा डुबेको हुन्छु ।
मेरो मुटुको हरेक टुक्रामा अनि
मेरो अङ्ग अङ्ग सर्वाङ्गमा
तिम्रै नाम कोरेको छु मैले
हरेक बिहान मनमा
आशाको दीप बालेर सुरु गर्छु
कि तिमीले आज त मनका कुरा भन्छौ
अहँ आज, भोलि अनि पर्सि पनि बित्छ
तर आशा मात्र निराशामा परिणत हुन्छ
मात्र निराशामा....
म अघि बढ्न खोजिरहेछु
हाम्रा पुराना याद बिर्सिएर
अहँ सक्दिनँ
त्यो याद अनि त्यो समय
अझै मेरा आँखामा ताजा बनेर घुमिरहन्छन्
झल्झली याद दिलाउँछन् मलाई तिम्रो
त्यो नसालु हेराइ अनि मुस्कान
तिमीविना रोकिएको छ मेरो जिन्दगी
तिमीविना रोकिएको छ मेरो जिन्दगी
थाकेकी छु म
अहँ सकेकी छैनँ म अगाडि बढ्न
तैपनि, अझै मनको कुनै कुनामा आशा छ
तिमीले कुनै दिन पक्कै यो मौनतालाई तोड्ने छौ
व्यक्त गर्ने छौ मनका कुरा
त्यसैले अझै तिम्रो पर्खाइमा छु म
हो तिम्रै पर्खाइमा छु म..... ।