Menu

किताबको ज्ञान


  7th December, 2016

तारा लामा, कक्षा : ५

किताबको ज्ञान


पढौँ हामी सबै मिली किताबको ज्ञान
फैलाऊँ हामी शिक्षालाई हटाई अज्ञान ।
राख्नुपर्छ हामी सबले किताबको मान
पढौँ अझै धेरै किताब बढाउनलाई ज्ञान ।।

कविता र कथा अनि निबन्ध नि पढौँ
हाम्रो सानो दिमागभित्र ज्ञानमोती भरौँ ।
पाठ्यपुस्तक मात्र होइन, अरू पनि पढौँ 
अज्ञानको अन्धकारविरुद्धमा लडौँ ।।