Menu

मेरो प्यारो साथी


  7th December, 2016

निशान्त चौलागाईं, कक्षा : ५

मेरो प्यारो साथी

किताब नै हो सुन सबले मेरो प्यारो साथी
राख्छु उसलाई जतन गरी सधैँ टेबुलमाथि ।
किताबजति अरु छैन मेरो मिल्ने साथी
मान्छु मैले उसलाई सधैँ सबैभन्दा माथि ।।

मेरो प्यारो साथी किताब छ त्यो कति जाती
पढ्ने गर्छु म त उसलाई सधैँ राति राति ।
सफा सुग्घर राख्छु म त किताब साथीलाई
बोकी हिँड्छु सधैँ उसलाई झोलाभित्र राखी ।।