Menu

रमाइलो मेरो गाउँ


  7th December, 2016

आकृति तिमल्सेना, कक्षा : ५

रमाइलो मेरो गाउँ

हरियाली चारैतिर बुङ्चुङ् मेरो गाउँ
रमाइलो लाग्छ मलाई मेरो आफ्नै गाउँ ।
खोलानाला कलकल बग्ने धान फल्ने खेत
गाउन मन लाग्छ मलाई त्यै गाउँको गीत ।।

दुध, घिउ खान पाइने, गाई, भैँसी पाली
मानिसहरु सिधासाधा छैनन् कोही जाली ।
तरकारी ताजा ताजा स्वस्थ राख्छ जिउ
मूलबाट रसाएको चिसो पानी पिऊ ।।