Menu

पाना फरर


  7th December, 2016

उपहार लिम्बू, कक्षा : ५

पाना फरर

एउटा पाना अर्को पाना पल्टाउँछु फररर
पाठ हेर्दा पढूँ पढूँ लाग्छ मलाई खररर ।
यो मन पनि कस्तो होला पढूँ पढूँ लाग्ने
पाना पल्टाउन थालेपछि अल्छी भाग्ने ।।

किताब, तिमीलाई पढ्दा मेरो ज्ञान बढ्ने
पढ्न अल्छी गरेँ भने ज्ञान स्वाट्टै घट्ने ।
किताबमा कति राम्रा चित्रहरु रैछन् 
अल्छी लाग्ने कुनै चिज खोजे पनि छैनन् ।।