Menu

बिदामा गृहकार्यको पिरलो


  18th January, 2017

रबिना पन्त, कक्षा : ७

बिदामा गृहकार्यको पिरलो

खुसी थेँ म, खुसी थे साथी बिदा आएकोमा 
तर, गृहकार्य देख्दा भने दिक्क लाग्यो बिदा पाएकोमा 
गृहकार्य एक महिनाको, बिदा १२ दिनको
किन होला सबै मिली हामीलाई पेलेको ।।

खुसी हुन्थे सबैजना लामो बिदा आएपछि 
उल्टो भयो सबै कुरा धेरै गृहकार्य पाएपछि 
पसिना चुहियो, आँसु झ¥यो, हात नि गल्यो 
गृहकार्यको भारी बोक्दा मनमा भयङ्कर आगो बल्यो ।।

योभन्दा त हामी खुसी हुन्थ्यौँ बरु स्कुल आउँदा
खेल्थ्यौँ पनि पढ्थ्यौँ पनि थोरै गृहकार्य पाउँदा 
आमाबुबा खुच्चिङ् भन्दै बल्ल ठिक्क प¥यो भन्छन्
खेल्ने होइन, पढ्नु र लेख्नुलाई मात्र ठुलो गन्छन् ।।

गृहकार्यको टेन्सनले गर्दा अस्पतालमै भर्ना भइयो
बाध्य भई सकी नसकी गृहकार्य पनि गरियो 
पढ्छौँ, लेख्छौँ हामी सबै भरिदेऊ जिन्दगी सुखले 
अब फेरि कसैले लेख्नु नपरोस् यस्तो कविता दुःखले ।।