Menu

मेरो सुन्दर गाउँ


  28th March, 2017

निशान्त चौलागाईं, कक्षा : ५

मेरो सुन्दर गाउँ


कति सुन्दर मेरो गाउँ बसूँ बसूँ लाग्ने
रमाइलो हेर्दाहेर्दै सारा थकाइ भाग्ने ।

कति सुन्दर मेरो गाउँ सबै घुम्न जाऊँ
स्वच्छ, सफा, सुन्दर छ है म जन्मेको ठाउँ ।

झरझर गर्ने झरना छ कलकल बग्ने खोला
हरियाली वन जङ्गल अन्त कता होला ?

सबै जना मिली बस्छन् हात थामी थामी
रमाउँदै खेल्छौँ साथी संगी सबै हामी ।

मलाई त प्यारो लाग्छ मेरो आफ्नै गाउँ
आफू जन्मी हुर्केको त्यो रमाइलो गाउँ ।।