Menu

अन्धो प्रेम


  27th March, 2015

सृजा गौतम, कक्षा : ९

अन्धो प्रेम

अन्धो प्रेममा बाँधिँदा बाँधिँदै चोखो माया चुकिसकेछ
निष्ठुरीको हाँसो खोज्दा खोज्दै ओठको हाँसो लुकिसकेछ ।

समुद्र झैँ निरन्तर माया पाउने आशामा बस्दाबस्दै
संसारभर फैलेको समुद्र पनि कति चाँडै सुकिसकेछ ।

संसार भुलेर तिम्रो मायाको आभासमा रमाउन खोज्दा
लाचार मानिससरि मेरो शिर अरूसामु झुकिसकेछ ।

झुटो मायाको पट्टी फुकालेर संसारमा रम्न खोज्दा
साथीसङ्गीसहित सारा संसारले मलाई थुकिसकेछ ।