Menu

शीतलता


  27th March, 2015

प्रकृति भुजेल, कक्षा : ९

शीतलता

शीतलतामा डुब्छु म त शीतलतामा रम्छु
फुलै फुलको बिचमा गई शीतलतालाई चुम्छु ।

जब छुन्छ शीतलताले मन मेरो नाच्छ
उफ्री उफ्री गाउँछु अनि कम्मर पनि भाँच्छु ।

रम्न मन लाग्छ मलाई सधैँ शीतलतामा
डुबूँ डुबूँ लाग्छ मलाई उसकै मित्रतामा ।

चिसो चिसो बताससँगै आउँछ शीतलता
जब मनमा पुग्छ हावा लाग्छ पाएँ स्वतन्त्रता ।

चरी जस्तै उडूँ लाग्छ आकाशमा पङ्ख फिँजाई
आयो अब वसन्त नि सुन्दर यो सृष्टि सजाई ।

मनमनै रम्न मन लाग्छ मलाई आजभोलि
उड्न मन लाग्छ मलाई आफ्नो चोखो मन खोली ।