Menu

स्कुल तपाईंको रोजाइको


मोक्षदा स्कुल शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित शिक्षक–शिक्षिकाहरूद्वारा सञ्चालित तथा प्रवर्धित अग्रणी शैक्षिक संस्था हो । सन् १९९७ मा स्थापित सनलाइट इङ्लिस सेकेन्डरी स्कुल नै आजको मोक्षदा स्कुल हो । नेपाली परिवेश सुहाउँदो नाम खोज्ने क्रममा हामीले यो नाम चयन गरेका हौँ । हामी विद्याका अध्येताहरु निरन्तर अज्ञानको अँध्यारोबाट मुक्ति चाहन्छौँ । ज्ञानको उज्यालोले अज्ञानको अँध्यारो भगाएर अँध्यारोबाट आफू मुक्त हुनु र अरूलाई मुक्त गराउनु हाम्रो लक्ष्य हो । त्यसैले हामीले ‘अज्ञानको अँध्यारोबाट मुक्ति’ लाई मोक्षदा स्कुलको मूल मन्त्र बनाएका छौँ । मोक्षदा छिटै तपाईंको रोजाइको स्कुल बन्ने बाटामा अग्रसर भइरहेको छ ।