Menu

राष्ट्रव्यापी संस्कृत कवितावाचनमा तारा प्रथम


  9th June, 2021

राष्ट्रव्यापी संस्कृत कवितावाचनमा तारा प्रथम

जयतु संस्कृतम् आन्दोलनको हीरक महोत्सवको उपलक्ष्यमा जयतु संस्कृतम् संस्थाले आयोजना गरेको राष्ट्रव्यापी संस्कृत कविता वाचन प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा तारा तामाङ प्रथम भएकी छिन् । 

https://www.youtube.com/watch?v=YVR1BNUQ-nE&t=40s

जयतु संस्कृतम् आन्दोलन सुरु भएको ७५ वर्ष पुगेको उपलक्षयमा आयो सो प्रतियोगिता जित कोभिड— १९ महामारीका कारण भौतिक रुपमा आयोजना गर्न सम्भव नभएकाले जुम प्रविधिमार्फत आयोजना गरिएको थियो । सहभागीहरूले आफूले वाचन गरेका संस्कृत भाषाका कविता भिडियो रेकर्ड गरेर पठाएका थिए ।
दुई दिनसम्म चलेको सो प्रतियोगितामा देशभरका कुल ५३ छात्रछात्राको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने तारा तामाङले प्रमाणपत्रका साथमा नगद रु. ५०००÷– (पाँच हजार) प्राप्त गरेकी थिइन् ।