Menu

बागमती सफाइमा सहभागी बनौँ


  2nd April, 2015

बागमती सफाइमा सहभागी बनौँ

 

झन्डै दुई वर्षदेखि प्रत्येक हप्ता निरन्तर चलिरहेको बागमती सफाइ अभियानले यही चैत्र २८ गते शनिबारका दिन दुई सयौँ हप्ता पार गर्दै छ । सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीलाई सहभागी भइदिनुहुन नेपाल सरकार, शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, काठमाडौँले विशेष अनुरोध गरेको छ । जिल्ला शिक्षा कार्यालय, काठमाडौँको विशेष अनुरोधमा यस मोक्षदा स्कुलले पनि यही चैत्र २८ गते शनिबारका दिन बागमती सफाइ अभियानमा सहभागी हुने निर्णय गरेको छ ।

 

हामी काठमाडौँवासीकै कारण प्रदूषित बनेको पवित्र बागमती नदी सफा गर्नु हाम्रो सामाजिक दायित्व पनि हो । समाजमा बसिसकेपछि सामाजिक दायित्व पुरा गर्नु, आफू बसेको स्थानवरिपरि सफा राख्नु, नदीनालालाई सुरक्षित राख्नु प्रत्येक सभ्य नागरिकको धर्म हो । किताब पढेर मात्र हाम्रो ज्ञान पूर्ण हुँदैन । त्यसका लागि सामाजिक क्रियाकलापमा पनि बराबर सहभागी भइरहनुपर्ने दायित्वबाट हामी विमुख हुनु हुँदैन । त्यसैले निम्न मिति, समय र स्थानमा उपस्थित भई सो सफाइ अभियानलाई भव्यतापूर्वक सम्पन्न गर्न सघाइदिनुहुन विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका, कक्षा ६ देखि १० सम्मका विद्यार्थी, भूतपूर्व विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शुभ चिन्तक महानुभावहरूमा मोक्षदा स्कुल परिवार हार्दिक अनुरोध गर्दछ ।

मिति : २०७१, चैत्र २८ गते, शनिबार

समय : बिहान ७ बजेदेखि ९ बजेसम्म

स्थान : गौरीघाटदेखि जम्मु डाँडासम्मको क्षेत्र, विशेष गरी गुह्येश्वरी मन्दिर आसपासको क्षेत्र