Menu

मोक्षदा थिएटर थेरापी सुरु


  16th May, 2015

मोक्षदा थिएटर थेरापी सुरु

विनाशकारी भूकम्पका कारण लगातार स्कुल बन्द भएपछि अलमलमा रहेका तथा भूकम्पका कारण त्रासमा बसिरहेका बाल बालिकालाई सो त्रासबाट बाहिर ल्याउन मोक्षदा स्कुलको पहलमा आयोजित थिएटर थेरापी २ जेठ, शनिबार बिहान ८ बजेदेखि सुरु भयो । पहिलो दिनको कक्षामा गुह्येश्वरी, खरिबोट क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत ७८ जना बाल बालिकाको सहभागिता रह्यो । कार्यक्रममा मोक्षदा स्कुलका नाटक निर्देशक सुरेश चन्दले बालबालिकालाई नाटकको कक्षा सञ्चालन गर्नुभएको थियो भने मोक्षदा स्कुलका एकेडेमिक डाइरेक्टर तथा नेपाली विषय शिक्षक हरिशरण खनालले कविता तथा बोल्ने कलाबारे बाल बालिकालाई जानकारी गराउनुभएको थियो । यो कार्यक्रम यही जेठ १४ गते बिहिबारसम्म सोही स्थान र समयमा सञ्चालन हुने छ । सो कक्षामा सहभागी हुन चाहने बाल बालिका र आआफ्ना बाबुनानीलाई सो कक्षामा सहभागी गराउन चाहनुहुने अभिभावकज्यूले सिधै सोही कक्षामा सम्पर्क राख्न सक्नुहुनेछ ।