Menu

अतिरिक्त क्रियाकलाप


  4th March, 2015

अतिरिक्त क्रियाकलाप

कोरा किताबी ज्ञानले मात्र बाल बालिकालाई आजको प्रतिस्पर्धी युगको प्रतिस्पर्धामा अघि बढ्न सम्भव छैन । आजका बाल बालिका समयभन्दा पनि निकै अगि जान चाहन्छन् । उनीहरुले आजको ‘ग्लोबल भिलेज’ मा जोकोहीसित प्रतिस्पर्धा गरेर अघि जानु छ । यस्तोमा किताबका पाना मात्र घोकाएर कुनै पनि विद्यार्थीलाई कहिल्यै पूर्ण बनाउन सकिन्न । यसका लागि उनीहरुलाई कक्षाकोठाभित्रको पठनपाठनका अतिरिक्त पर्याप्त अतिरिक्त क्रियाकलापमा सहभागिताको अवसर, आवश्यकताअनुसार नियमित शैक्षिक भ्रमण, पुस्तकालय र प्रयोगशालाको व्यवस्थापन र प्रयोग तथा श्रव्यदृश्य शैक्षिक सामग्रीको व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ । यी सबै आवश्यकता पूर्तिका लागि हाल विद्यालयले चित्रकला, हस्तकला, बास्केट बल, उसु, गीत, सङ्गीत र नृत्यको नियमित प्रशिक्षणको व्यवस्था मिलाएका छौँ । विद्यार्थीलाई आफूले जानेका, सुनेका वा अनुभूत गरेका कुराहरूलाई अभिनयको माध्यमबाट दर्साउन सक्षम तुल्याउने उद्देश्यले हामीले नियमित नाटक प्रशिक्षण (अभिनय प्रशिक्षण कक्षा) को समेत व्यवस्था मिलाएका छौँ । यसका साथै, विद्यालयले बाल बालिकालाई स्काउट प्रशिक्षणको व्यवस्थासमेत मिलाएको छ । आगामी दिनमा यसलाई अझ व्यवस्थित तथा परिमार्जित गर्ने लक्ष्यसाथ हामी निरन्तर अघि बढिरहेका छौँ ।