Menu

मोक्षदाको भूकम्प प्रतिरोधी भवन


  20th September, 2015

मोक्षदाको भूकम्प प्रतिरोधी भवन

यस वर्षको प्रारम्भमै गएको विनाशकारी भूकम्पपछि हामी सबै कति वेला फेरि अर्को त्यस्तै विनाशकारी भूकम्प जाने हो र हामी सबैको भागाभाग हुने हो भन्ने त्रासमा बाँचिरहेका छौँ । एकातिर बिहान कार्यालय वा कुनै काम विशेषले निस्केका अभिभावक साँझ घर फर्किने हुन् कि होइनन्, बाल बालिकाले चिन्ता लिइरहनुपर्ने अवस्था छ भने अर्कातिर बिहान हाँस्दै खेल्दै स्कुल गएका बाल बालिका साँझ घर फर्किन पाउने हुन् कि होइनन् भनेर अभिभावकले सुर्ता लिइरहनुपर्ने अवस्था छ । यसबाट आफ्ना छोराछोरीलाई स्कुल पठाइसकेपछि पनि अभिभावकहरूले त्रसित अवस्थामा काममा जुट्नुपर्ने स्थिति छ । 
यसै अवस्थालाई मध्यनजर गर्दै मोक्षदा स्कुलले पूर्णतः भूकम्प प्रतिरोधी भवन निर्माण गर्दै छ । निर्माणको अन्तिम चरणमा पुगेको सो भवन प्रि–फ्याब प्रविधिमा निर्माण भइरहेको छ । यही असोज महिनाभरिमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसाथ काम भइरहेको छ । करिब चार रोपनी क्षेत्रफलमा फैलिएको सो भवन पूर्णतः भूकम्प प्रतिरोधी तथा अपाङ्ग मैत्रीसमेत हुने छ । यस भूकम्प प्रतिरोधी भवनमा आफ्ना बाल बालिकालाई ढुक्क भई पठाउन सकिने र चिन्तरहित भई बस्ने सकिने छ ।