Menu

भवन निर्माण अन्तिम चरणमा


  10th November, 2015

भवन निर्माण अन्तिम चरणमा

मोक्षदा स्कुलको भूकम्पप्रतिरोधी भवन निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिर २ गते बुधबारदेखि सुरु हुने विद्यालयका सम्पूर्ण कक्षाहरू मोक्षदानगर, कुमारीगालमा निर्मित नयाँ भवनबाटै सञ्चालन हुने छन् । कक्षाकोठाहरूको रङरोगन सम्पन्न भइसकेको छ । कक्षाकोठाहरूमा कार्पेट बिछ्याउने कार्य पनि पुरा भइसकेको छ । कम्प्युटर कक्ष तयार हुँदै छ भने पुस्तकालय र विज्ञान प्रयोगशाला चाहिँ छिटै तयार हुने छन् । श्रव्यदृश्य कक्ष, नृत्य प्रशिक्षण हल तथा नाटक प्रदर्शन कक्ष पनि लगभग तयार भइसकेको छ । क्रिकेट मैदान जोडतोडसाथ तयार भइरहेको छ । शौचालय, खेल मैदान र क्यान्टिनको निर्माण कार्य जारी छ । २ मङ्सिरमा कक्षा सञ्चालन गर्नुअघि सबैजसो निर्माण कार्यले पूर्णता पाइसक्ने छ ।