Menu

छन्द कविता वाचन प्रशिक्षण


  26th June, 2016

छन्द कविता वाचन प्रशिक्षण

मोक्षदा स्कुलले यही असार ११ गते शनिबार एक दिने छन्द कविता वाचन प्रशिक्षण आयोजना गर्यो । कवि तथा गजलकार रूपक अलङ्कारद्वारा बाल बालिकालाई छन्द कविता वाचनको प्रशिक्षण दिइएको सो कार्यक्रममा प्रोग्रेसिभ एजुकेसनल फोरममा आबद्ध सम्पूर्ण ११ स्कुलका ५० छात्रछात्राको सहभागिता थियो । कार्यक्रममा मोक्षदा स्कुलका शैक्षिक निर्देशक हरिशरण खनालले पनि कविताका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो ।
सहभागी विद्यालयहरू
क्र. सं.     विद्यालयको नाम   
१. न्यू सनसाइन इङ्लिस सेकेन्डरी स्कुल
२. अनमोल ज्योति हाई स्कुल
३. दुर्गा भवानी एकेडेमी
४. ज्ञानदीप शिक्षा सदन
५. सगरमाथा विद्या मन्दिर
६. निमोनिक मोडर्न एकेडेमी
७. न्यू इङ्लिस स्कुल
८. लभ्ली एन्जल्स हाई स्कुल
९. महान् सिद्धार्थ हाई स्कुल
१०. मिसन पब्लिक स्कुल
११. मोक्षदा स्कुल