Menu

अभिनयात्मक कविता वाचन प्रतियोगिता


  6th July, 2016

अभिनयात्मक कविता वाचन प्रतियोगिता

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०३ औँ जन्म जयन्तीको अवसरमा लिटल एन्जल्स स्कुल, हात्तीवनद्वारा आयोजित उपत्यकाव्यापी अभिनयात्मक कविता वाचन प्रतियोगितामा सहभागी भई मोक्षदा स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्र सुवर्ण लामाले सान्त्वना पुरस्कारका साथमा नगद रु २०००/– पनि प्राप्त गरेको हुनाले मोक्षदा स्कुल परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका लागि हार्दिक शुभ कामना व्यक्त गर्दछ ।


साथै, कविता वाचनमा अभिनयतर्फ सुवर्णलाई साथ दिनुहुने कक्षा ९ का छात्रछात्रा सङ्गीता रोका, सुस्मिता तामाङ, ज्योति शर्मा, सुविज्ञराज लुइँटेल, प्रिन्स साह र बिन्जेश कुँवरलाई पनि हार्दिक बधाई तथा शुभ कामना छ । सो प्रतियोगितामा विद्यालयका जन सम्पर्क अधिकृत तथा नाटक क्लबका निर्देशक सुरेश चन्दको निर्देशन तथा सङ्गीत क्लबका प्रशिक्षक भेषु थापा मगरको संयोजन रहेको थियो ।