Menu

मोक्षदामा छन्द कविता वाचन


  9th July, 2016

मोक्षदामा छन्द कविता वाचन

मोक्षदा स्कुलले नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०३औँ जन्म जयन्तीको पूर्वसन्ध्यामा प्रोगे्रसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा अन्तर स्कुल छन्द कविता वाचन प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा पिइएफका सदस्य विद्यालयबाट कक्षा ४ देखि ६ सम्म अध्ययनरत २० जना छात्रछात्राको सहभागिता रहेको थियो ।


वरिष्ठ कवि तथा समालोचक प्राडा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा न्यु इङ्लिस स्कुलकी उर्मिला तिरुवा प्रथम, न्यु सनसाइन इङ्लिस स्कुलकी रीतिका पोख्रेल द्वितीय, लभ्ली एन्जल्स स्कुलकी अपेक्षा शर्मा न्यौपाने तृतीय र ज्ञानदीप शिक्षा सदनका सम्राट् ढुङ्गाना चतुर्थ स्थान प्राप्त गर्न सफल हुनुभएको थियो ।


प्रतियोगितामा रामप्रसाद ज्ञवाली, बलराम दाहाल, प्रभाती किरण, सीता भट्टराईलगायतका कविले कविता वाचन गर्नुभएको थियो भने पिइएफ अध्यक्ष विष्णुप्रसाद पोख्रेल, मोक्षदा स्कुलका प्राचार्य ठाकुर तिमल्सेना, शैक्षिक निर्देशक हरिशरण खनाल, जनसम्पर्क संयोजक सुरेश चन्दलगायत वक्ताले भानुभक्तको योगदानमाथि चर्चा गर्नुभएको थियो ।
सो प्रतियोगितामा आयोजक मोक्षदा स्कुलका तर्फबाट अञ्जली खनाल, ममता थापा, वर्षा पहरी, सुस्मिता राई, श्रीया ढुंगाना, रबिना पन्त, दिमुना बुढाथोकी, सुविज्ञराज लुइँटेल र समृद्धि दाहालले भानुभक्तीय रचनापाठ गर्नुभएको थियो ।