Menu

वक्तृत्वकला प्रतियोगितामा प्रथम


  12th July, 2016

वक्तृत्वकला प्रतियोगितामा प्रथम

मोक्षदा स्कुल बाबा बोर्डिङ हाई स्कुलद्वारा २०३ औँ भानु जयन्तीको अवसरमा आयोजित उपत्यकाव्यापी भानुस्मृति रनिङ सिल्ड वक्तृत्वकला प्रतियोगितामा प्रथम भएको छ । काठमाडौँ उपत्यकाभित्रका विभिन्न १७ विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा मोक्षदा स्कुलका तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्र सुविज्ञराज लुइँटेल सहभागी भएका थिए । प्रतियोगितामा ‘नेपाली भाषा साहित्यको विकासमा भानुभक्त आचार्यको योगदान’ शीर्षक दिइएको थियो । सो प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कक्षा ९ का छात्र सुविज्ञराज लुइँटेललाई हार्दिक बधाई तथा शुभ कामना ।