Menu

मोक्षदा इको क्लब


मोक्षदा इको क्लब

पढेर भन्दा पनि आफैँले प्रत्यक्ष अभ्यास गरेर बाल बालिकाले सिक्न पाउनुपर्छ र त्यस्तो ज्ञान नै दिगो र भरपर्दो हुन सक्छ भन्नेमा हामी पूर्णतः सचेत छौँ । त्यसैले मोक्षदा इको क्लबले काठमाडौंस्थित अमेरिकी दूतावासको प्राविधिक सहयोगमा रियुज, रिसाइकल र रिड्युसलाई प्राथमिकता दिन थालेको छ । क्लबले खेर जाने कागज, प्लास्टिकका झोला, प्लाटिकका पानीका बोतल जस्ता सामग्रीलाई कसरी सदुपयोग गर्ने विधि आफू पनि अपनाइरहेको छ भने आफ्ना सदस्यहरुलाई पनि सिकाइरहेको छ । साथै, टोलको नियमित सरसफाइमा पनि इको क्लबले ध्यान पुर्याइरहेको छ ।